सम्झनाका कुइनेटाहरू Samjhana ka Kuinetaharu
BOOKS

सम्झनाका कुइनेटाहरू Samjhana ka Kuinetaharu

by KHAGENDRA SANGROULA

DETAILED SUMMARY / BACK COVER

मैले अक्षर नचिनेकाहरूको पीडा कस्तो हुँदो रहेछ भन्ने कुरा खगेन्द्र संग्रौलाका लेखबाट चिन्ने र जान्ने मौका पाएँ। जमिनदार हजुरबुबाको जमिनदार नाति बन्ने मेरो रहरलाई खगेन्द्र संग्रौलाका कुराले ध्वस्त पारिदिए ।...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) सम्झनाका कुइनेटाहरू SAMJHANA KA KUINETAHARU
CATEGORY Books, Essay
REGULAR PRICE (₨) ₨375
PUBLISHERFine Print
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Essay

100 in stock

मैले अक्षर नचिनेकाहरूको पीडा कस्तो हुँदो रहेछ भन्ने कुरा खगेन्द्र संग्रौलाका लेखबाट चिन्ने र जान्ने मौका पाएँ। जमिनदार हजुरबुबाको जमिनदार नाति बन्ने मेरो रहरलाई खगेन्द्र संग्रौलाका कुराले ध्वस्त पारिदिए । उहाँको लेखले मलाई कहिले संरचनाको पिंधमा पारिएका महिलाहरूसँग हिमचिम गरायो, कहिले दलित, मधेसी, कमैया, ठेलिएका जाति त कहिले पेलिएका अल्पसङ्ख्यक भाषी बन्न सिकायो । मेरा निम्ति मेरो परिवारले, मेरो गुरुकुलले निर्माण गरिदिएका परिचयहरू पनि उहाँका लेखले पालैपालो ध्वस्त गरिदिए, मेरो परिचयलाई म आफैभित्र विलीन गराइदिए र मैले आफैभित्र आफ्नो परिचय खोज्न थाले । “समकालीन नेपाली लेखनमा खगेन्द्र संग्रौलाजत्तिको प्रखर शिल्पी सायद शिला (सरि) खोज्नुपर्ला ।” – नेपाल साप्ताहिक “उनका लेख किन यति साहो लोकप्रिय छन् भने उनी सबैभन्दा निर्भीक नेपाली लेखक हुन् ।” – नारायण वाग्ले, प्रधान सम्पादक, कान्तिपुर दैनिक “खगेन्द्र संग्रौला आक्रामक गद्यका अनुपम स्रष्टा हुन । लेख, निबन्ध राजनीतिक टिप्पणी र प्रतिवादमा उनको यस्तो आक्रामक गद्य उजागर हुने गर्छ । भाषामा रहेको त्यही आक्रामक सौन्दर्यले उनको विशिष्ट परिचय निर्माण गरेको छ। उनले कथा, उपन्यास  र संस्मरण लेखनमा चाहिं आक्रामक गद्यलाई पूर्वेली भाषिकाको लचकदार बान्की दिने गरेका छन । यहाँ सडकलित व्यक्तिचित्र लेखनमा हामी त्यस्तो स्वाद भेट्न सक्छौं । एकातिर आक्रामकता र अर्कोतिर जनबोलीबाट टिपिएका शब्दहरूले स्थान पाउने आख्यानको भाषामार्फत खगेन्द्र संग्रौलाको रचनाकारिता स्वाधीन व्यक्तित्वको निर्माणमा अग्रसर छ । त्यो अग्रसरता यस पुस्तकमा हामी छर्लङ्ग देख्नेछौं ।” – गोविन्द वर्तमान, लेखक

Reviews

There are no reviews yet.

Be the first to review “सम्झनाका कुइनेटाहरू Samjhana ka Kuinetaharu”

Your email address will not be published. Required fields are marked *