मोहनदास Mohandas
BOOKS

मोहनदास Mohandas

by UDAYA PRASKAS

DETAILED SUMMARY / BACK COVER

एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो— मोहनदास । वर्षौं प्रयास गर्दा पनि जागिर पाउन नसकेपछि आफ्नै गाउँ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाउँछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा...

ARCHIVAL RECORDS & TECHNICAL DETAILS

TITLE (NAME) मोहनदास MOHANDAS
CATEGORY Books, Novel
REGULAR PRICE (₨) ₨222
FORMAT CHOICE PHYSICAL
TAGS (COMMA SEPARATED) Novel

2 in stock

एउटा जेहेन्दार र प्रतिभाशाली युवाको कथा हो— मोहनदास । वर्षौं प्रयास गर्दा पनि जागिर पाउन नसकेपछि आफ्नै गाउँ फर्किएर खेती गरिरहेको मोहनदासले एक दिन थाहा पाउँछ, उसको शैक्षिक प्रमाणपत्रका आधारमा उसैको नाम धारण गरेर अरु कसैले नै उसको जागिर खाइरहेको छ । त्यसपछि सुरु हुन्छ उसको लडाइँ— आफूले पाउनु पर्ने जागिर, आफ्नो नाम र प्रमाणपत्रको अधिकारको लडाइँ । यस लडाइँमा के ऊ सफल हुन्छ ? सन् २००६ मा प्रकाशित मोहनदासका लागि उदय प्रकाशले भारतको प्रतिष्ठित साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए । थुप्रै भाषामा अनूदित उनको यस लघुउपन्यासमाथि चलचित्र पनि बनेको छ । पछिल्लो बाहिरी पृष्ठबाट मोहनदास हरेक ठाउँ जान्थ्यो । लिखितमा त उसको नाम सबै ठाउँमा पहिलो नम्बरमा आउँथ्यो तर अन्तर्वार्तामा फालिन्थ्यो । र, उसले पाउनुपर्ने जागिर कुनै आठ-दस कक्षा पास वा बीएमा तेस्रो या दोस्रो डिभिजन ल्याएकाले प्राप्त गर्थे । प्रायः ती सबै जागिर पाउनेहरुसँग कसै न कसैको सिफारिस हुन्थ्यो । हरेक जागिर पाउनेवाला कुनै न कुनै हाकिम, नेता या ठूलो मान्छेको ज्वाई, छोरो, भतिज, भान्जो वा केही नभए ‘चापलुसीवाज’ हुन्थ्यो । मोहनदास हरेक पटक असफल भएर फर्किन्थ्यो । तर, उसले आश मारेको थिएन । हिन्दुस्तानमा निकै भ्रष्टाचार छ भन्ने उसलाई थाहा थियो तर पनि दस-बीस प्रतिशत मानिसले योग्यता र क्षमताका आधारमा जागिर पाउन सक्छन् भन्ने उसलाई लाग्थ्यो । विस्तारैविस्तारै मोहनदासलाई यो पनि थाहा हुनथाल्यो कति जागिरको त लिलाम बढाबढ पनि हुन्छ । दुई-तीनवटा जागिर उसका हातबाट छुटे, यदि उसका बाउ काबादाससँग पचास हजार, एक लाख हुन्थ्यो भने, घुस दिएर मोहनदासले सजिलै त्यो जागिर पाउन सक्थ्यो ।

Reviews

There are no reviews yet.

Be the first to review “मोहनदास Mohandas”

Your email address will not be published. Required fields are marked *