पछिल्लो बाहिरी पृष्ठबाट लैङ्गिक विभेदको कठोर सामाजिक यथार्थबाट सुरू भएको उपन्यास पानीघट्ट गुरूङ जातिमा प्रचलित रोधी संस्कृति र लाहुरे परम्परासँगै हुर्किएकी एउटी बाहुनी ठिटी जूनमाया र गुरूङ ठिटो रनबहादुरबीचको रोचक प्रेमकथा हो । यस अर्थमा पानीघट्ट आफैमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्षुलनको साक्षी हो । तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई ‘पानी’ र ‘घट्ट’को बिम्बात्मक चित्रमा उतारिएको उपन्यास कथ्य भाषाको मीठो प्रयोग र आञ्चलिक शब्दावलीको सुगन्धित हरकले पठनीय बनेको छ ।
पानीघट्ट Pani Ghatta
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
10 in stock
Reviews
There are no reviews yet.