पछिल्लो बाहिरी पृष्ठबाट इतिहासविद् बाबुराम आचार्यले यस पुस्तकमा नेपालमा आर्यसम्यताको सुरुवातदेखि मल्ल अनि शाहवंशीय राजा-महाराजाहरूसम्मका आनीबानी, राजनीतिक उतारचढाव, संस्कृति-सभ्यता आदिबारे चर्चा गरेका छन् । साथै तत्कालीन राजपरिवारले छिमेकी मुलुकबीच केकस्तो सम्बन्ध राखे, त्यसको विश्लेषण पनि गरिएको छ। नेपाली जनताको जीवन कुन बेला कस्तो थियो, सम्यताको ज्योति कसरी जगमगायो, कुन आधारभूत सिद्धान्तहरूका आधारमा देश फस्टायो, फुल्यो र फल्यो, कस्ता दुराचार, भ्रष्टाचार र अत्याचारहरूले नेपाललाई आघात पुर्याए, मुलुकको प्रगतिमा कसले रोडा तेर्स्यायो र उन्नतिका निमित्त बाधक कोको बने ? यी सबैको खोजी यस पुस्तकले गरेको छ। परिश्रमपूर्वक ऐतिहासिक सामग्रीहरूको सङ्कलन गरी लेखिएको यस पुस्तकले नेपालको तत्कालीन आर्थिक, सामाजिक, कूटनीतिक तथा धार्मिक इतिहासलाई राम्ररी प्रस्तुत गरेको छ । एउटा सच्चा इतिहास नेपालको सक्षिप्त वृत्तान्त नेपाल बुझ्न बहुउपयोगी छ ।
नेपालको संक्षिप्त वृत्तान्त Nepal ko Sankshipta Brittanta
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
10 in stock
Reviews
There are no reviews yet.