“महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युग हाँक्लान् जस्तो लाग्छ ।” – गोविन्दबहादुर मल्ल ‘गोठाले’, बगर साहित्यिक पत्रिका “साँच्चै महेशविक्रममा त्यो शक्ति छ- मुटुहरू हल्लाइदिन सक्ने । उनी एउटा यथार्थवादी कथाकार हुन् । उनी दुःखलाई अत्यन्तै नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न सक्छन्, हेर्न सक्छन्, छाम्न सक्छन् ।” – डा. गोविन्दराज भट्टराई, छापामारको छोरो (२०६३) “आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, आफ्नो यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन स्पष्ट सुनिन्छ ।” – रमेश विकल, अफ्रिकन अमिगो (२०६०) “संवेदनशील समसामयिक कथाकारका यथार्थवादी अनुभूति पोखिएका यिनका कथाले जीवनका नौलानौला मर्महरूको उद्घाटन अत्यन्त प्रभावकारी ढङ्गमा गरेका छन् ।” – मोहनराज शर्मा, सिपाहीकी स्वास्नी (२०५९) “कथाकार महेशविक्रम शाह प्रतिभाशाली कथाकार हुन् । अतः उनका कथाको प्रस्तुतीकरण मौलिक छ भने शैली मन छुने खालको छ । कथा पढिसकेपछि विषयवस्तुले पाठकलाई घोरिन र चिन्तनशील हुन प्रेरित गर्छ ।” – मनु ब्राजाकी, काठमाडौंमा कामरेड (२०६५)
ज्याक्सन हाइट Jackson Height
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
10 in stock
Reviews
There are no reviews yet.