Translation of the New York Times Bestseller INNER ENGINEERING A YOGI’S GUIDE TO JOY “इनर इन्जिनियरिङ अत्यन्तै रोचक पुस्तक हो, जुन सद्गुरुका अन्तर्दृष्टि र उहाँले प्रदान गर्नुभएका विधिले भरिपूर्ण छ । तपाईं साँच्चिकै तयार हुनुहुन्छ भने यो एउटा साधन हो, जसले तपाईंलाई आफ्नो भित्री प्रज्ञा जागृत गर्न सहायता गर्दछ; त्यो भित्री प्रज्ञा यस्तो सर्वश्रेष्ठ बुद्धिमत्ता हो, जसले ब्रह्माण्डको ज्ञान प्रतिबिम्बित गर्दछ ।” – दीपक चोपडा पछिल्लो बाहिरी पृष्ठबाट योगी, रहस्यद्रष्टा एवम् दूरदर्शी सद्गुरु एक भिन्न आध्यात्मिक गुरु हुनुहुन्छ । यस अद्वितीय पुस्तकमा सद्गुरुले अध्यात्म र योगसँगको आफ्नै अनुभवको सार प्रस्तुत गर्दै रूपान्तरणकारी “इनर इन्जिनियरिङ को परिचय दिनुभएको छ । सद्गुरुले थुप्रै वर्ष लगाएर परिष्कार गर्नुभएको यो शक्तिशाली अभ्यासले व्यक्तिको मन र शरीरलाई बाहिरी एवम् भित्री ऊर्जाहरूसँग सङ्गतिमा ल्याउन सहायता गर्दछ, जसद्वारा असीमित शक्ति र सम्भावना सिर्जना हुन्छन् । आनन्द र खुसीयालीका लागि इनर इन्जिनियरिङ तपाईंको आफ्नै मार्गदर्शन हो ।
इनर इन्जिनियरिङ Inner Engineering
DETAILED SUMMARY / BACK COVER
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
10 in stock
Reviews
There are no reviews yet.